यस वर्षको एसईई परीक्षा चैत १९ देखि देशभर एकसाथ सञ्चालन हुने

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)काे तालिका सार्वजनिक गरेको छ।

बोर्डले परीक्षा तालिका सार्वजनिक गर्दै आउँदो चैत १९ देखि २९ गतेसम्म कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसईई देशभर एकैसाथ सञ्चालन गर्ने जनाएकाे हाे ।

गत वर्षको एसईई चैत ७ गतेदेखि सञ्चालन भएको एसईई परिक्षा यस वर्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका कारण करिब १२ दिन पर सारिएको छ।

बोर्डको तालिका अनुसार पहिलो दिन १९ गते अनिवार्य अंग्रेजी, २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते अनिवार्य विज्ञान, २४ गते सामाजिक, २५ गते ऐच्छिक प्रथम पत्रका विषय र २६ गते ऐच्छिक द्वितीय विषयका परीक्षा हुनेछन्।परीक्षाका लागि यस वर्ष पाँच लाख १७ हजार विद्यार्थीले आवेदन भरेका छन् ।

चैत २७, २८ र २९ गते भने प्राविधिक धार तर्फका पुराना र नयाँ कोर्सको परीक्षा हुनेछ

जनक शिक्षा सामग्री केन्द्रले आगामी फागुन २१ गतेको निर्वाचनको लागि आवश्यक मतपत्र छपाइको काम गरिरहेको र एसईई परीक्षाको प्रश्नपत्र छाप्ने कार्य पनि जनक शिक्षाबाटै हुने भएकाले पनि परीक्षाको मिति केही दिनलाई सार्नुपरेको बोर्डले जानकारी दिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा