इरानमा रहेका नेपालीलाई ‘हाई अलर्ट’: पासपोर्ट र कागजात दुरुस्त राख्न सरकारकाे निर्देशन

काठमाडौं । इरान र अमेरिकाबीच चर्किएको द्वन्द्व र क्षेत्रीय तनावका कारण सरकारले इरानमा रहेका आफ्ना नागरिकको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

आज परराष्ट्र मन्त्रालयले एक विशेष ‘ट्राभल एडभाइजरी’ जारी गर्दै इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन र त्यहाँ जाने तयारीमा रहेकाहरूलाई भ्रमण स्थगित गर्न निर्देशन दिएको हो।

मन्त्रालयले इरानको वर्तमान अवस्थालाई ‘असामान्य’ भन्दै त्यहाँ बसोबास गरिरहेका वा कार्यरत नेपालीहरूलाई उपलब्ध भएसम्मका माध्यम प्रयोग गरी छिटोभन्दा छिटो इरान छोड्न सल्लाह दिएको छ। विज्ञप्तिमा भनिएको छ, “अवस्था सामान्य नभएसम्मका लागि इरान भ्रमण गर्ने कुनै पनि योजना नबनाउन र त्यहाँ रहेकाहरूलाई सुरक्षित स्थान वा स्वदेशतर्फ प्रस्थान गर्न आग्रह गरिन्छ।”

कुनै पनि बेला आपत्कालीन उद्धार वा सुरक्षित बहिर्गमन आवश्यक पर्न सक्ने भन्दै परराष्ट्रले इरानमा रहेका नेपालीलाई आफ्ना राहदानी (पासपोर्ट), ट्राभल डकुमेन्ट र अन्य परिचयपत्रहरू सहजै भेटिने र बोक्न मिल्ने गरी दुरुस्त राख्न भनेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा