सभामुख डीपी अर्याल र जापानी राजदूत माएडा तोरुबिच शिष्टाचार भेट: द्विपक्षीय हित र सहकार्यका विषयमा छलफल

काठमाडौँ । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि जापानका राजदूत माएडा तोरुबिच सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शुक्रबार (२०८३ जेठ २ गते) शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र जापानबिचको सात दशक लामो ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य र द्विपक्षीय हितका विविध आयामहरूमा सकारात्मक छलफल भएको छ।

भेटका क्रममा सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालको आर्थिक र सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा तथा प्रविधि क्षेत्रमा जापानले पुर्‍याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यो सहकार्य अझ विस्तार हुने विश्वास दिलाए।

राजदूत तोरुले नेपालसँगको सम्बन्धलाई जापानले सधैँ उच्च महत्त्व दिँदै आएको उल्लेख गर्दै नेपालको विकास प्रयासमा जापानको सहयोग जारी रहने बताए। उनले दुई देशबिचको मित्रता र आपसी सहकार्यलाई थप मजबुत बनाउन आफू सधैँ क्रियाशील रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। भेटवार्तामा दुवै पक्षले नेपाल र जापानबिचको ऐतिहासिक सम्बन्धलाई आपसी हितका आधारमा नयाँ उचाइमा पुर्‍याउने साझा संकल्प व्यक्त गरेका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा