म व्यक्तिगत रूपमा हिन्दु धर्म मान्छु, देशमा के हुने भन्ने जनताको निर्णयमा भर पर्छ: शेरबहादुर देउवा

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू व्यक्तिगत रूपमा सनातन हिन्दु धर्मप्रति आस्थावान रहेको बताउँदै देशको धार्मिक पहिचानका विषयमा जनताको निर्णय नै अन्तिम हुने स्पष्ट पारेका छन्। काठमाडौँको सुकेधारामा आयोजित इतर समूहको तीन दिने राष्ट्रिय भेलाको समापन समारोहलाई सम्बोधन गर्दै उनले देशमा सबै नागरिकका लागि पूर्ण धार्मिक स्वतन्त्रता हुनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा सहभागी प्रतिनिधिले हिन्दु राष्ट्रबारे धारणा माग्दै बुझाएको पत्रको जवाफ दिँदै देउवाले आफूले हिन्दु परम्पराअनुसार व्रतबन्ध तथा विवाह गरेको र नियमित रूपमा पशुपतिनाथ मन्दिर गई पूजाआजा गर्ने गरेको स्मरण गराए। सोही क्रममा उनले नेपालको न्यायालयप्रति आफ्नो सधैँ उच्च सम्मान रहेको उल्लेख गर्दै पञ्चायतकालदेखि शाही आयोगको समयसम्म न्यायालयले नै आफूलाई न्याय दिएर बचाएको बताए।

यसैबिच, नेता देउवाले पार्टीको विशेष महाधिवेशन सबैको सहमतिमा हुनुपर्नेमा जबर्जस्ती गरी धेरै नेता-कार्यकर्तालाई बाहिर राखिएकाले आफूहरू कानुनी उपचारका लागि न्यायालय जानु परेको स्पष्ट पारेका छन्। उनले अदालतको पूर्ण निर्णय आउन बाँकी रहेको र न्यायालयको फैसलालाई आफूले पूर्ण रूपमा स्वीकार गर्ने समेत बताए।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा