नेपाली कांग्रेसद्वारा सातै प्रदेशमा निर्वाचन संयोजक तोकियो, वरिष्ठ अधिवक्ताहरूलाई जिम्मेवारी

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको साङ्गठनिक निर्वाचन प्रक्रियालाई व्यवस्थित, निष्पक्ष र सहज बनाउन सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले प्रदेशस्तरमा निर्वाचन सम्बन्धी आवश्यक सहजीकरण तथा कानुनी परामर्शका लागि वरिष्ठ अधिवक्ताहरूलाई संयोजकको महत्त्वपूर्ण जिम्मेवारी सुम्पनुभएको हो।

केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्णय अनुसार कोशी प्रदेशमा वरिष्ठ अधिवक्ता डिल्लीबहादुर कार्की, मधेस प्रदेशमा वरिष्ठ अधिवक्ता बलराम सुवेदी र बागमती प्रदेशमा वरिष्ठ अधिवक्ता कृष्ण अर्याललाई संयोजक तोकिएको छ। त्यसैगरी, गण्डकी प्रदेशमा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल, लुम्बिनी प्रदेशमा वरिष्ठ अधिवक्ता दीपककुमार रेग्मी, कर्णाली प्रदेशमा वरिष्ठ अधिवक्ता उत्तम आचार्य तथा सुदूरपश्चिम प्रदेशमा वरिष्ठ अधिवक्ता गंगाराम पाध्यायलाई निर्वाचन संयोजकका रूपमा खटाइएको छ।

तोकिएका संयोजकहरूले सम्बन्धित प्रदेशमा निर्वाचनसँग सम्बन्धित विवाद निरुपण, प्राविधिक जटिलता र आवश्यक कानुनी राय-परामर्श लिनका लागि काम गर्नेछन्। यसैबिच, समितिले हालैको भीषण बाढीपहिरोबाट प्रभावित बनेका रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा भने तोकिएका निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसँग समन्वय गरेर मात्र अधिवेशन सम्पन्न गर्न विशेष निर्देशन दिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा