उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा, दीपककुमार साह नयाँ मन्त्री बन्दै

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनको राजीनामासँगै रिक्त भएको मन्त्रालयको जिम्मेवारी सम्हाल्न इन्जिनियर दीपककुमार साहलाई नयाँ उद्योगमन्त्री बनाउने तयारी गरिएको छ।

ग्यास उद्योगी तथा निजी क्षेत्रलाई लक्षित गरी दिएको विवादास्पद अभिव्यक्तिका कारण चौतर्फी आलोचना खेपिरहेकी मन्त्री यादवले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ समक्ष राजीनामा बुझाएकी हुन्। बजार अनुगमन र आपूर्ति व्यवस्थाका क्रममा व्यवसायीमाथि ‘पाता कस्ने’ अभिव्यक्ति दिएपछि निजी क्षेत्र आक्रोशित बनेको थियो। यादवको राजीनामासँगै मन्त्रालय नेतृत्वविहीन बनेको थियो।

यसैबिच, प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद इन्जिनियर दीपककुमार साहलाई नयाँ उद्योगमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ। मन्त्री बन्ने निश्चित भएपछि आफ्नो निर्वाचन क्षेत्रमा रहेका साह काठमाडौँ फर्किसकेका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा