मौसममा फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना, अपनाउनुहोस् सतर्कता

काठमाडौँ । देशमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ, जसका कारण आगामी दिनहरूमा मौसमी प्रणालीमा फेरबदल आउने देखिएको छ। विशेषगरी पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ भने केही क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

यसैक्रममा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही क्षेत्रमा समेत मध्यम वर्षाको सम्भावना देखिएको छ भने रात्रिको समयमा अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपात र पहाडी भू-भागमा वर्षाको सम्भावना रहेकोले चिसो बढ्न सक्ने तर्फ सचेत गराइएको छ। तराईका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेकाले खेतीपाती र दैनिक जनजीवनमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित सबै निकायलाई अनुरोध गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा