नारायणहिटी दरबार अगाडि सडकमा रहेका डिभाइर हटाइयो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले शुक्रबार बृहत् सभा आयोजना गर्दैछ । नारायणहिटी दरबार अगाडि गर्न लागेको आमसभाका लागि सडकमा रहेका डिभाइर हटाइएको छ ।

दरबारमार्गको सडकमा यसअघि बीचबाट सावरीसाधन फर्काउन नमिल्ने गरी स्टिलको पक्की डिभाइडर रहेको थियो ।तर, प्रधानमन्त्रीको जनसभा हुने भएपछि ती डिभाइडर हटाइएको छ । नेकपा बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित १३ जिल्ला र देशभरबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताए ।

मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापालगायत नेताले सम्बोधन गर्दैछन् ।

सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलुस निकालिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा