मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बाँस्तोला अर्थात आफ्नो दाजुको ज्या न लि एको विरुद्ध न्यायका लागी लागेकी बहिनी सदिक्षाको चर्चित हास्य कलाकार मनोज गजुरेलले सर्मथन र प्रशंसाा गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टटस लेख्दै सदिक्षाको प्रशंसाा गरेका हुन् ।
उनले एक भाबुक स्टाटस लेख्दै उनको समर्थन गरेका छन् । ‘सामान्य बिषयलाई ‘भाइरल’ गराएर असामान्य बनाउने विकृति बिच तिम्रो ‘फेसबुक लाइभ’ पनि त्यस्तै होला भन्ठानेको थिएँ ।
त र म गलत रहेछु’ गजुरेलले अगाडि लेखेका छन्, ‘मन, मुटु जोडिएको सहोदर दाजुको मृ त्यु, अनुसन्धानमा भएको ढिलासुस्ती, प्रशासनको शंकास्पद गतिबिधिलाई लिएर तिमिले गरिरहेको बिरोध, आक्रोश र प्रतिरोधलाई सलाम गर्न चाहान्छु ।
सम्मान गर्न चाहान्छु ।’यसो त सदिक्षाको समर्थन मनोज गजुरलले मात्र नभइ पुरा देशबासीले गरेका छन् । गजुरेलले घ टनाको सत्यतथ्य छिटो सार्वजनिकको लागि समेत माग गरेका छन् । सदिक्षाको अभियानका कारण प्रहरीले उनको दाजुको ज्या न लि एको आशंकामा ६ जना बिरुद्ध कर्तब्य ज्यान मु द्दा अगाडि बढाएको छ ।
यस्तो छ मनोज गजुरलले लेखेको स्टाटस
सामान्य बिषयलाई ‘भाईरल’ गराएर असामान्य बनाउने बिकृतीबिच तिम्रो फेसबुक लाईभ पनि त्यस्तै होला भन्ठानेको थिएँ तर म गलत रहेछु । मन, मुटु जाेडिएकाे सहोदर दाजुको मृत्यु, अनुसन्धानमा भएको ढिलासुस्ती, प्रशासनको शं का स्पद गतिबिधिलाई लिएर तिमिले गरिरहेको बि रोध, आ क्रो श र प्रतिरोधलाई सलाम गर्न चाहान्छु ।
सम्मान गर्न चाहान्छु । दाजु गु मा उनुको पी डा, आमालाई सम्झाउनुको दु:ख, बुबालाई फकाउनुको गा र्हो, आफैंलाई सम्हाल्नुको अ प्ठेरो ! यस्तो अवस्थामा तिमी कुन मनोदशाबाट गुज्रिरहेकी छ्यौ, म बुझ्न सक्छु । अमेरिकादेखी पढाइ छोडेर घर आएकी छ्यौ ।
आफ्नो सिङ्गो जीवन बाँकी छ तरपनि आफ्नो दाजुका लागि सबै छोडेर ल डि रहेकी छ्यौ, यो सानोतिनो कुरा हैन । मलाई बिश्वास छ, साहस, संयम र धैर्यताका साथ परिस्थितिलाई काबुमा लिनेछ्यौ, दाजुको आत्मालाई शान्ती दिनेछ्यौ । पुत्र बियोगमा छटपटिएका बुबाआमालाई सात्वना दिएर आफ्नो करियरको बाटो पुन: सम्हाल्नेछ्यौ ।
तिम्रो साथमा उर्लाबारीका जनता सहित हामी छौँ ।सत्य तथ्य के हो ? उर्लाबारीका, जनता जनप्रतिनिधी र जिल्ला प्रसासनले चाँडै सार्वजानिक गरोस् । प्रशासनभित्र हुने र हुनसक्ने ढिलासुस्ती, गल्ती, कमजोरी र अपराधहरुको सूक्ष्म छानविन गरोस् ताकी आफ्नो साख बचोस् , जनविश्वासपनी फिर्ता आओस् !सदिक्षा ! तिमीसँग दोहोरो परिचय नभएपनी भातृवियोगले मान्छे कति विक्षिप्त, आक्रोसित र प्रतिरोधी हुनसक्छ भन्ने कुरा तिम्रो बोलीभन्दा मन र आत्माले बोलिरहेको देखिन्छ ।
पीडा र आक्रोसको ज्वाला कति दन्की रहेको छ, त्यो पनि भावबाट पढ्न सकिन्छ । तिम्रो यो साहस धेरैलाई शिक्षा बन्न सकोस् ताकीभोलि कहिँ कतैबाट यस्तो केसमा खेलवाड, ढिलासुस्ती र अन्याय गर्ने आट नगरोस् ।अन्त्यमा, चाँडै सत्य तथ्य बाहिर आओस् । प्रविणको आ त्माले न्याय पाओस् ।
बुबाआमालाई सात्वना मिलोस् । तिमीलाई सत्यबोध गर्ने साहस मिलोस् , पुनः आफ्नो अध्ययन र संसारमा फर्कने आट प्राप्त होस् । ….अनन्त आकासमा विचरण गरिरहेको तिम्रो दाजुको आत्माको आवाज पनि यही छ, सदिक्षा