ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा आज दुई जनाको मृत्यु छ भने चार जना घाइते

झापाको कनकाई नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा आज दुई जनाको मृत्यु छ भने चार जना घाइते भएका छन् ।को१ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा आज दिउँसो ३ः३० बजे विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–००१ च ०१६७ नम्बरको कार र प्र१–०१–०१३प१७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कारमा सवार सुनसरी धरान–१६ का २८ वर्षीय चालक दीपक क्षेत्री र सोलु पासाङ–१ का ३० वर्षीय दिलीप रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा बेलुका ५ बजे मृत्यु भएको हो ।

दुर्घटनामा कारमा सवार दिलीप रानामगरकी श्रीमती ३० वर्षीय अञ्जु मगर, सोही स्थानका ३० वर्षीय सुरेश मगर र मोटरसाइकलमा सवार झापा शिवसताक्षी–२ का ३९ वर्षीय ज्ञानबहादुर कसाई र मोटरसाइकलको पछाडि सवार उनकै श्रीमती ३० वर्षीया सोनम श्रेष्ठ घाइते भएका छन् ।

घाइतेको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ भने ट्रक, ट्रक चालक मोरङ विराटनगर–१५ का प्रेमबहादुर वाइबालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा