प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाण्डौंमा उपस्थित समारोहमा हिजो वार्तामा भएका सहमतिका बुँदाहरु सार्वजनिक गर्दै हस्ताक्षर गरिएको छ ।
सरकारका तर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाबाट वार्ताटोली संयोजक पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गर्नुभएको हो ।
सरकार र चन्द नेतृत्वको नेकपाले बिहीबार तीनबुँदे सहमति गर्दै सो पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत सहमतिमा समेटिएको छ ।
यसअघि सरकारले चन्द नेतृत्वको नेकपामाथि २०७५ फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।