अविश्वास प्रस्ताव दर्ता भए त्यसको सामना गर्ने अडान

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शुरु हुने प्रतिनिधिसभाको हिउँदे अधिवेशनका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका छन् ।आज बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले आफूसँग बहुमत सांसद रहेको दाबी गर्दै संसदमा अविश्वास प्रस्ताव दर्ता भए त्यसको सामना गर्ने अडान राखे ।

प्रधानमन्त्रीबाट राजीनामा दिनेबारे कुनै शब्दसमेत उच्चारण नगरेका ओलीले अविश्वासको प्रस्ताव प्रस्तुत भए त्यसलाई असफल पार्ने बताए ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको ओली समूहले दाबी गरेको छ । बहुमत सांसद ओली समूहमा रहेकाले कानुनी हिसाबले नेकपा विभाजन हुन कठिन रहेको यो समूहको ठहर छ ।

ओली समूहको संसदीय दलको बैठकमा सहभागी हुन प्रचण्ड–माधव समूहका सांसदलाई पनि सन्देश पठाइएको थियो । एकता अभियान सञ्चालन गरिरहेका वामदेव गौतम पनि बैठकमा उपस्थित भएनन् ।यसअघि शुक्रबार साँझ प्रधानमन्त्री ओली बामदेवलाई भेट्न भैँसेपाटीस्थित गौतम निवास पुगेका थिए । उनले वामदेवलाई संसदीय दलको बैठकमा आउन आग्रह गरेका थिए ।

बैठकले नेकपा प्रचण्ड–माधव समूहले कांग्रेसलाई प्रधानमन्त्री बनाउन लागेको भन्दै आपत्ति जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा