नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको हतियार र सेनाका विषयमा योगेश भट्टराईको प्रश्न

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले शान्ति प्रक्रियामा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको हतियार र सेनाका विषयमा प्रश्न उठाएका छन् ।सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमतिमा हतियार र सेनाका विषयमा टुंगो नलगाइएको उल्लेख गर्दै नेता भट्टराईले त्यस विषयमा चिन्ता व्यक्त गरेका हुन् ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसगँको भेटमा बोल्दै नेता भट्टराईले ०६२- ०६३ मा तत्कालीन माओवादी शान्ति पक्रियामा आउँदा हतियार, लडाकु के गर्ने भनेर टुङगिएपछि सबै शान्ति प्रक्रियामा आबद्ध भएको बताए । तर, यो सहमतिमा विप्लव समूहका हतियार के हुन्छन् ? विप्लव समूहले बनाएका सेना के हुन्छन् ? यो टुङगो लगाउन जरुरी रहेको उनको भनाइ छ।

यस्तै, उनले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउँदा सरकारले प्रजातान्त्रिक विधि प्रक्रियालाई अवलम्बन नगरेको भन्दै आलोचना गरेका छन् ।

भट्टराईले भने ‘सशस्त्र विद्रोहमा उत्रेका कुनै पनि राजनीतिक शक्ति शान्तिपूर्ण राजनीति गरेर वैधानिक बाटोमा हिँडछु भन्ने कुरा स्वागत योग्य छ । तर, एउटा लोकत्रान्त्रिक राज्यव्यवस्थामा के हुन्छ भने यस्ता कामहरु पारदर्शी हुनपर्छ र प्रजातान्त्रिक विधि प्रक्रियालाई अवलम्बन गर्नुपर्छ ।’उनले यस्तो महत्वपूर्ण मुद्दामा प्रधानमन्त्रीले, नेपाल सरकारले एकदिन पनि सर्वपक्ष, सर्वदलीय बैठक राखेर छलफल नगरेको बताए ।

‘राजनीतिक दलहरूबाट सहमति गरेर राष्ट्रिय सहमति निर्माण गर्नुपर्थ्यो’, उनले भने, ‘यस्ता कामहरू किन हुँदैछ र के उद्देश्यले हुँदैछ भन्ने कुरा आम जनतालाई सार्वजनिक ढंगले जानकारी दिनुपर्थ्यो तर यस्ता केही मापदण्डहरु सरकारले पालना गरेको छैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा