एक सय ११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नमोबुद्ध नगरपालिकामा १३ दिने लैङ्गिक हिं’सा न्यूनीकरणका लागि अनुशिक्षण कार्यक्रम गरिएको छ ।
नगरको आयोजनामा ‘लैङ्गिक हिंसाविरुद्धको वर्ष हिंसा न्यूनीकरण गर्नैपर्छ’ भन्ने नाराका साथ यही फागुन ९ गतेदेखि शुरु गरिएको अनुशिक्षण कार्यक्रम शनिबार सम्पन्न गरिएको हो ।
नगरका ११वटै वडामा आयोजित सचेतनामूलक कार्यक्रममा ६७३ महिलासहित ८६८ को सहभागिता रहेको थियो । नगरका सबै बासिन्दालाई हिं’साविरुद्ध सचेत गर्नेे लक्ष्य लिएको यसपटकको कार्यक्रममा तीन प्रतिशत बासिन्दालाई सचेतना गराएको नगर उपप्रमुख रामदेवी तामाङले बताउनुभयो । उहाँका अनुसार फूलबारीबाट शुरु गरिएको सचेतना लकाइने, कुरुगाउँ, पुरानागाउँ, छत्रेबाँझ, डराउनेपोखरी, धर्मशाला, पिपलबोट, कानपुर, काफ्लेथोक हुँदै भेडाबारीमा पुगेर समापन गरिएको थियो । “महिलालाई आर्थिकरूपमा सशक्तीकरण हुन, छोरा र छोरीमा विभेद नगर्न र चेतना विकासको माध्यमबाट समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने अनुशिक्षणको मूल उद्देश्य हो”, तामाङले भन्नुभयो ।
अनुशिक्षणमा करिब तीन घण्टा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले लै’ङ्गिक हिं’साको अवस्था र न्यूनीकरणका उपायका विषयमा सहभागीलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक–शिक्षिका, महिला स्वयंसेविका, समाजका अगुवा, कर्मचारी, प्रहरी, बाल समूहका प्रतिनिधि, महिला सहकारी संस्थाका सदस्य, गृहणी र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रममा महिला सहभागीले आफूले भोगेका हिं’साका विभिन्न सवालमाथि छलफल गरी लैङ्गिक हिं’सा न्यूनीकरणका लागि स्थानीय जनप्रतिनिधि, शिक्षक–शिक्षिका, महिला स्वयंसेविका र समाजका अगुवाहरूको विशेष भूमिका रहने भएकाले उनीहरूलाई जवाफदेही बनाउन जोड दिइएको थियो ।
अनुशिक्षण समापनमा वाग्मती प्रदेशसभा सदस्य गोमा भुर्तेलले हिं’सामा परियो भनेर महिलाले बेकारमा ज्यान नफ्याँक्न सुझाव दिनुभयो । “राज्यले निरोध, कानूनी कारवाही, क्षमता विकास, समन्वय, सहयोग र सहकार्यमा हिं’सा न्यूनीकरणका प्रयास गरिरहेको छ, तपाईँहरु ढुक्क भएर जिउनुस्”, उहाँले भन्नुभयो । उहाँका अनुसार लैङ्गिक–हिं’सा, घरेलु–हिं’सा, यौ’न दु’व्र्यवहार, प्रथाजन्य चालचलन र व्यवहार, विवाह प्रचलनले महिलालाई पछि पारेको छ र सचेतनाको माध्यमबाट हिं’सामा कमी ल्याउन सकिन्छ ।
नगर महिला विकास शाखा प्रमुख तारादेवी सुनुवारले सबै वडामा अनुशिक्षण सकिएको बताउँदै फागुन २४ गते ‘महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ र्याली, सभा र महिलाको क्षेत्रमा राम्रो काम गर्नेलाई सम्मानलगायतका कार्यक्रमका साथ १११औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइने जानकारी दिनुभयो ।