प्रतिनिधिसभाको सातौँ अधिवेशनमा जनताका विषयवस्तुमा बहस हुने

प्रतिनिधिसभाको सातौँ अधिवेशनमा भाग लिन पुगेका सांसदहरूले सर्वाेच्च अदालतको आदेशपछि पुनःस्थापना भएको संसद्मा जनताका विषयवस्तुमा बहस हुने विश्वास व्यक्त गर्नुभएको छ ।

सभामा प्रवेश अघि प्रतिक्रिया दिँदै उहाँहरूले प्राप्त अवसरलाई सदुपयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खेमप्रसाद लोहनीले आफूहरूले निर्वाचन चाहेको भए पनि अदालतको फैसलालाई सम्मान गर्दै संसद्को अधिवेशनमा स्वभाविक रुपले प्रवेश गर्दै खुशी लागेको प्रतिक्रिया दिनुभयो ।उहाँले भन्नुभयो, “एउटै बलियो पार्टीमा विवाद र विभाजनको रेखा कोरिसकेपछि गम्भीर मतमतान्तर सडकसम्म छताछुल्ल भएर चिन्तित् तुल्याउनु स्वभाविक हो तर चिन्ता गरेर बस्ने होइन्, सामना गर्दै पुनःनिर्माण र ताजगी बनाएर अघि जानुपर्छ, शङ्का कौतुहलता मेटिँदै जान्छ ।”

नेकपाकै सांसद यज्ञ सुनुवारले संसद् भङ्ग नहुनुपर्ने कुरा भएको थियो त्यसलाई अदालतले सच्याएसँगै हालका प्रतिनिधिसभाका सदस्यले दुई पटक निर्वाचन जितेको अनुभव भइरहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “एउटा जनताबाट जितेर आइयो, अर्को सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई अस्वीकार गरी संसद् पुनःस्थापना गरेसँगै दुई पटक चुनाव जितेको अनुभव भएको छ । जनताका विषयवस्तु संसद्मार्फत अभिव्यक्त गर्न फेरि पनि अवसर मिलेको छ, खुशी छौँ ।”

जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवले लोकतन्त्रको मूल्यमान्यता विपरीत पुस ५ गते सरकारले चालेका कदमलाई सर्वाेच्च अदालतले संविधानको रक्षाका लागि आएको फैसला आफैँमा ऐतिहासिक भएकाले सदनको अधिवेशन सञ्चालन भएसँगैै लोकतन्त्रको रक्षा भएको प्रतिक्रिया दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा