लोकप्रिय गायिका बिष्णु माझी सार्बजनिक हुँदै

लोकप्रिय गायिका बिष्णु माझी र कुलेन्द्र बिश्वकर्मा एकसाथ सार्बजनिक हुने भएको छन।नेपाली लोक दोहोरी क्षेत्रका दुई होनहार कलाकार नेपाल सरकारद्वारा सम्मानित हुने भएका छन।नेपाली लोक दोहोरीको इतिहासमै सबै भन्दा धेरै सुनिएको र हेरिएको गीत “सालको पातको टपरी” गीतका गायक कुलेन्द्र बिश्वकर्मा र सोहि गीतकी गायिका बिष्णु माझीलाइ विभुषण प्रदान गर्ने भएको हो।

सरकारले हरेकवर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई विभुषणबाट सम्मान गर्दै आएको छ । उक्त विभुषण राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने तय भएको छ । विभुषण प्रदान गर्ने सूचिमा बिष्णु माझी र कुलेन्द्र बिश्वकर्माको पनि नाम समावेश रहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा