कोरोना माहामारीले रोकिएको कक्षा १२ को परिक्षा होम सेन्टरबाट सन्चालन ,

भदौ ३०। कोरोना महामारीका महामारीका कारण पटक–पटक स्थगित भएको कक्षा  १२ को परीक्षा शुरु भएको छ ।   
परीक्षा बोर्डका अनुसार कक्षा १२ को परीक्षा होम सेन्टरबाट नै दिन मिल्ने छ। होमसेन्टर भनेको आफूले अध्ययन गरिरहेको बिद्यालय हो।

गत बैशाखमा कोरोनाको दोस्रो लहर आएपछि परीक्षा रोकिएको थियो। लकडाउनका कारण रोकिएको परीक्षा साउनको ३१ गते हुने भने पनि स्थागित भएको थियो।

बोर्डका अनुसार यसवर्ष कक्षा १२ को परीक्षा दिने विद्यार्थी ३ लाख ७४ हजार छन्। गत महिना १८ वर्ष पुगेका विद्यार्थीलाई प्रवेशपत्र देखाएर कोरोना खोप लगाउन लगाएर भौतिक रुपमै उपस्थित भइ परीक्षा संचालन हुँदैछ।

 

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा