कोरोनाका कारण तेस्रो ब्याक्तिको निधन

गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको निधन भएको छ। रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहीबार विहान ८ बजेर १० मिनेटमा निधन भएको हो । ‘अस्पतालले औपचारिक रुपमा मन्त्रालयलाई निधनको जानकारी पठाइसकेको छ ।’

निधन हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ बर्षका पुरुष हुन् । उनको शव व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ । अस्पतालका अनुसार अहिले मृतकका आफन्त अस्पतालमा जम्मा भएका छन् । शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए ।

फाइल तस्विर
उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण उनलाई मंगलबार बुटवलको बिशेष कोरोना अस्पताल सार्न सकिएको थिएन । बिरामी सार्ने प्रक्रियामा जोखिम हुनसक्ने भन्दै प्रदेश सरकारका अधिकारीहरुले क्रिमशन अस्पताल प्रशासनलाई अनुरोध गरेपछि उनको त्यही नै उपचार भएको थियो ।योसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ३ पुगेको छ।

गुल्मीमा कोरोना पोजटिभमा कसरी संक्रमण भयो भन्ने अझै खुलेको छैन्। जण्डिस, रुघा र ज्वरो आएपछि उनी स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि पुगेका थिए। त्यहाँ निको नभएपछि उनी अर्घाखाचीको छाया पोलिक्लिनिकमा आएका थिए। त्यसपछि मात्रै उनी बुटवल आएका थिए।

उनको सम्पर्कमा आएका चिकित्सकसहित ३८ जनाको स्वांब संकलन गरेर कोरोना परीक्षण गरिदैछ। उनको अन्य व्यक्तिसंगको सम्पर्कको विषयमा अध्ययन भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा