अचानक बान्ता गरेका प्रहरी असईको बाटैमा निधन

काठमाडौं । गाउँमा झ’गडा मिलाएर कार्यालयतर्फ फर्कदैं गरेका प्रहरी इन्चार्जको बाटोमै निधन भएको छ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नम्बर ७ मा रहेको खेवाङ प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक(असई)बालकुमार राईको बाटाेमै निधन भएको हो।

सुरुङखीमा भएको झ’गडा मिलाएर फर्कदै गरेका उनले तावाखोला नजिक आई पुगेपछि अचानक गाह्रो महशुस गरेका थिए । अचानक असहज भएपछि स्थानीय कुमार सार्कीको घरसम्म पुगे । राईले त्यसपछि बान्ता गर्न थालेको र केहि समयमै उनको निधन भएको खबर प्राप्त भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो।

जिल्ला प्रहरीबाट प्रहरी प्रमुख (डिएसपी) महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलतर्फ प्रस्थान गरेको प्रजिअ निरौलाले जानकारी दिनुभयो। भोजपुरको लेकखर्क घर भई झापाको दमक बस्दै आएका ४२ वर्षीय राई केहि महिना अघि मात्र खेवाङ पुगेका थिए।

सदरमुकाम फुङलिङबाट ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ। घटनास्थल सदरमुकामदेखि ७/८ घण्टा लाग्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा