तुरुन्तै प्रयोग गर्नुहोस, खोकीको उपचारको लागी १० घरेलु उपाए

नाक-मुखमा धुलो, धुँवा पस्नाले, इन्द्रियका सामान्य क्रियाहरूको वेग रोकिनाले र यस्तै अन्य कारणहरूले प्राणवायु दुषित भएर उदान वायुसँग मिसीई कफ, पित्तयुक्त मुखबाट निस्कने ख्वाँ-ख्वाँको शब्द नै खोकी हो । खोकीका कारण मानिसले धेरै समयसम्म समेत दु:ख पाउँछन् । कुनै कुनै खोकी त करिब १ महिना भन्दा बढी सम्म समेत लाग्ने हुन्छ । खोकी लागेमा घरेलु उपचारले पनि खोकी निदान गर्न सकिन्छ । खोकी निदान गर्ने केही घरेलु उपायहरू यस्ता छन्:

१. दश ग्राम अदुवाको रस महसँग मिसाएर चाटे लाभ हुन्छ । यस्तै, मिश्रीमा अमलाको धुलो मिलाएर चाटे पनि लाभ गर्छ ।

२. आँकको ४-५ वटा पात पोलेर त्यसको खरानी रातभरी पानीमा राखेर बिहान लुगाले छानी पिएमा पनि खोकी निको हुन्छ ।

३. तिलको तेलमा कपुर मिसाएर छातीमा बिस्तारै दलिदिने गरेमा साना बच्चाहरूको खोकीमा लाभ गर्छ ।

४. मह र भुटेको असलीको ६ ग्राम चुर्ण खाए पनि लाभ गर्छ । असलीको पात पकाएर काढाँ पिएमा पनि खोकी निको हुन्छ ।

५. अतिसको चूर्ण र मह मिलाएर चाटे पनि लाभ हुन्छ ।

६. महसित चम्पाको बोक्राको ८ ग्राम चूर्ण सेवन गरे कफजनित खोकीबाट छुटकारा पाउन सकिन्छ ।

७. दुई ग्राम खयरसित बेसार र मिश्री मिसाई सेवन गरे पनि खोकी निको हुन्छ ।

८. जलकुम्भीको चुर्ण र मिश्री पाँच-सात ग्राम खाएर त्यसमाथी दुई घुट्को गुलाब जल पिउनाले खोकीमा फाइदा गर्छ ।

९. सुठोको धुलो, तुलसीपातको रस र मह बराबर लिई प्याजको रस मिसाएर सेवन गरे पुरानो खोकी पनि सञ्चो हुन्छ ।

१०. चिराइतोको काढाँ पिउनाले वा शतावरी, मिश्री र छोहोडाको पानीमा पकाएर पिउनाले पुरानो खोकी निको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा