यी हुन् अमलाको जुस पिउनुका ५ फाइदा

अमला सवैलाई मनपर्ने फल हो । अमलामा औषधीय गुण हुन्छ भन्ने विषयमा पनि सबैलाई थाहा छ । आयुर्वेदमा अमलालाई उच्च कोटीमा राखेर यसबाट विभिन्न औषधीहरु निर्माण गरिन्छ ।

अमलासँग हामी सबै परिचित भए पनि यसलाई खाने तरिकाबारे सबैलाई थाहा नहुन सक्छ । अमलामा प्रशस्त मात्रामा भिटामित सी ,फाइबर र प्रोटिन पाइन्छ । अमलामा सुन्तलामा भन्दा २० गुणा बढी भिटामिन सी पाइन्छ ।

अमला यत्तिकै खानुभन्दा यसको जुस बनाएर खाँदा स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । अमलाको जुस पिउनुका पाँच फाइदा यस्ता छन्–

–अमलाको जुस पिउनले मुटुको समस्याबाट बचाउँछ । त्यसका साथै यसमा महँ मिसाएर पिउदा रक्तचापमा सन्तुलन भई रगतलाई समेत शुद्ध बनाउँछ ।

–नियमित रुपमा अमलाको जुस सेवन गर्नाले पाचन प्रणालीलाई मजुबत बनाएर राख्छ ।

-यदि अमलाको जुसमा महँ मिसाएर दैनिक रुपमा खाएमा अनुहारमा डण्डीफोर आउने समस्याबाट पनि मुक्ति पाइन्छ । साथै शरिरको मोटोपन पनि घटाउँछ ।

–यदि अमलाको जुसलाई केरासँग मिसाएर खाएमा महिलाहरुको महिनावारी गडबढी हुने समस्या पनि ठिक हुन्छ ।

–त्यस्तै अमलाको जुसमा बेसार र महँ मिसाएर खाएम मधुमेहको बिरामीको लागी अचुक औषधी हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा