नेपाली सेनाले माघ १९ गते राति बख्तरबन्द गाडीले काठमाडौंको चक्रपथमा चक्कर लगाउने

नेपाली सेनाले माघ १९ गते राति बख्तरबन्द गाडीले काठमाडौंको चक्रपथमा चक्कर लगाउने भएको छ । सैनिक जनसम्पर्क निर्देशनलायका अनुसार माघ १९ गते राति नियमित अभ्यास योजनाअनुसार सेनाले बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउने भएको हो ।

त्यस्तै ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि निर्देशनालयले जनाएको छ ।

नियमित अभ्यासका लागि सोमबार राति बख्तरबन्द गाडीहरूले काठमाडौं उपत्यकाको चक्रपथ चक्कर लगाउने योजना रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौड्यलले जानकारी दिए।

नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर सूचना जारी गरिएको पनि निर्देशनालयले जानकारी दिएको छ । सेनाले आवश्यकताअनुसार समय-समयमा यस्तो अभ्यास गर्दै आएको निर्देशनालयले जनाएको छ ।

उनले ट्‌विट गर्दै नियमित अभ्यासको योजना भएको जानकारी दिएका हुन्। त्यस्तै माघ २१ गते आठ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने योजना रहेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा