नासाले पठाएको रोबोट मङ्गल ग्रहमा पुग्न तीन हप्ता लाग्ने

अमेरिकी अन्तरिक्ष निकाय नासाले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण हुन अझै तीन हप्ता लाग्ने भएको छ । नासाले मङ्गल ग्रहमा वैज्ञानिक अनुसन्धानका लागि पर्सिभरेन्स रोबोट पठाएको हो ।

नासाले पठाएको रोबोट र मङ्गल ग्रहबीच जम्मा ४५ लाख किलोमिटर दूरी छ तर त्यो द्रुत गतिमा कम हुँदै गइरहेको नासाले जनाएको छ । रोबोट जेजेरो ज्वालामुखी पहाड नजिकै अवतरण गर्ने अपेक्षा गरिएको छ ।

अवतरण गर्ने बेलाको सात मिनेटलाई इन्जिनियरहरूले ’सात मिनेटको आतङ्क’ भनेका छन् । अवतरण गर्न तय गरिएको ठाउँमा धेरै कुरा प्राप्त हुनसक्ने आशाका साथ वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका बीबीसी समाचारमा उल्लेख गरिएकाे छ ।

टिमानफाया नाम दिइएको ठाउँमा रोबोट अवतरण हुने ठानिएको अवतरण गर्नका लागि रोबोट तल झर्ने प्रक्रियालाई अवलोकन गरिरहेको समूहको नेतृत्व गरिरहेका इन्जिनियर एलन चेनको भनाइ रहेकाे समाचारमा उल्लेख गरिएकाे छ ।

कुनैबेला जेजेरो क्षेत्रमा रहेको ठूलो तालको किनारा पत्ता लगाउन सहयोग गर्ने कार्बोनेट चट्टानहरू र अरु अवशेषहरु पत्ता लगाउन रोबोट पठाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा