नायीका मनिषा कोइरालाका विरुद्ध अहिले सारा भारतीय मिडिया र भारतीय नागरिक सामाजिक सञ्जाल मार्फत खनिएका छन् । उनीहरुले नायीका मनिषलाई भारतको खादी लगाएर चीनको इशारामा भारत विरुद्ध अभिब्यक्ति दिएको आरोप लगाएका छन् ।
नेपालको सिमानाका पक्षमा सरकारले गरेको निर्णयमा समर्थन जनाउँदा भारतीयको आलोचित को पात्र बनेकी छिन। उनले सामाजिक संजालमा ट्वीटरमा गरेको ट्वीटले भारतमा बिबाद मच्चाएको छ । मनिषाले परराष्ट्रमन्त्री प्रदिप गरेको ट्वीट गर्दा यस्तो आलोचना सहनु परेको ह। भारतीय मिडियाले प्राथमिकताका साथ मनिषालाई आलोचना गरेका छन् ।
प्रदीप ज्ञवालीले यस्तो ट्वीट गरेका छन्, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमि व्यवस्था मन्त्रालयले छिट्टै सार्वजनिक गर्दैछ ।’
मन्त्री ज्ञवालीको यो ट्विटमा मनिषाले रिट्विट गर्दै उनले थप केही कुरा उल्लेख गरेकी छन् । मनिषाले लेखेकी छन् , ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा धन्यवाद १ हामी सबै तीन महान् राष्ट्रहरूबीच शान्तिपूर्ण र सम्मानजनक वार्तालापको प्रतिक्षा गर्दैछौं अब हात मिलाएर ।’
उनले यस्तो टुईट लेखेपछि भारत विरुद्ध मनिषा लागेको भन्दै भारतीय मिडियामा आलोचना गरिएको हो । उनको यो ट्वीट भाइरल बनाइएको छ भारतीय चर्चीत मिडियाले उनको सो ट्वीट सार्वजनिक गर्दै अपब्याख्या गरेका छन् । एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ । उनलाई चीनको इशारामा मनिषाले यस्तो ट्वीट गरेको समेत दावी गरेको छ । उनलाई भारतले मनिषालाई नाम दिएको भएपनि नेपालको पक्षमा लागेको भन्दै विरोध जनाएका हुन्