दानाको अभावमा फर्ममै मरे कुखुरा:अण्डा दिने अवधी हुदाहुदै सस्तो मुल्यमा बेच्दै कुखुरा पालक !

माधब ज्ञवाली, जेष्ठ ८ गुल्मी
कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण कुखुरा पालक कृषक सबैभन्दा बढी मारमा परिरहेका छन।कतै कुखुराको लागि उपयुक्त दाना नपाएर फर्ममै मर्नु त कतै मासु तथा अन्डाले बजार नपाउनुले उनिहरु मारमा परेका हुन।
यस्तै समस्याको चपेटामा पर्नुभएको छ,रुरुक्षेत्र गाउपालिका वडा न:२ ग्वादिका अर्चना पोल्ट्री फर्म का संचालक चिरञ्जीवी अर्याल।उहाले आफुसङ्ग रहेका २ वटा फर्ममा लेयर्स जातको अण्डा दिने कुखुरा पाल्नुभएको छ। ३० लाख भन्दा बढीको लगानीमा कुखुरा पाल्दै आउनुभएको कुखुरा पालक उहाँ नेपाल सरकारले कोरोना नियन्त्रणका लागि गरेको लकडाउनको कारण मारमा पर्नुभएको हो ।

उहाँका अनुसार लकडाउन पछिको करिब एक महिनामा उहाँका एक हजार कुखुरा मरे,कारण एउटै छ कुखुराको लागि पौष्टिक आहार अथवा दानाको अभाव ।”लकडाउनको कारण दाना अभाव भयो,म्याद नागेका साथै जस्तो सुकै दाना खुवाउनुपर्ने बाध्यता रह्यो,जसका कारण फर्ममा रहेका दुई हजार कुखुरा मध्य आधा मरे फलस्वरूप तीन लाखको क्षति भोग्नुपर्यो”उहाले भन्नुभयो।बाणिज्य बैंकबाट उधमशिल कर्जा लिने बेलामा बिमा समेत गर्नुभएको उहाँले बिमा कम्पनी सङ्ग क्षतिको बारेमा जानकारी गराउदा ,बिमा कम्पनीले फर्मको मात्र बिमा रहेको तर कुखुराको बिमा नभएको बताएको तर त्यो भन्दा पहिले आफुलाइ त्यसबारेमा केही जानकारी नगराइएको दुखेसो पोख्नुभयो। कुखुरा मरेपछी प्रहरीले उठाएको मुचुल्का सहित गाउपालिकामा पनि उहाले जानकारी गराउनु भएको थियो,तर गाउपालिकाले पनि आश्वासन मात्र दिएको तर आजसम्म कुनै सम्बोधन नगरेको उहाँको भनाइ रहेको छ।

बिमाको लागि निकै कसरत गरेता पनि बिमा कम्पनीले बिमा अस्विकार गर्दै आएकोमा दुख ब्यक्त गर्दै उहाँले अब सरकारले कुखुरा पालक कृषकलाई अनिवार्य बिमाको ब्यवस्था गर्नुपर्ने बताउनु भएको छ। बिगत आठ बर्षदेखी ठूलो लगानीमा कुखुरा पल्दै आउनुभएको उहाले आजसम्म अनुदानको नाममा गाउपालिकाबाट आजसम्म रु. पच्चीस हजार मात्र पाएको बताउनुभएको छ।सरकारले पहुँचको आधारमा मात्र अनुदान दिदै आएको आरोप लगाउदै उहाले अब यसलाई सुधार्दै उत्पादनको आधारमा अनुदानको ब्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ। अहिले उहाको फर्ममा नया एक हजार कुखुरा रहेका छन,सबैलाई दाना पुर्याउन गाह्रो भएका कारण उहाले अण्डा पार्दै गरेका पाच सय कुखुराहरु अझै दुई महिना भन्दा बढी अण्डा पार्ने अवधी हुदाहुदै सस्तो मुल्यमा बेच्ने तरखरमा हुनुहुन्छ,केही भने बेचिसक्नुभएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा