काठमाडौं । ठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग राष्ट्रिय मानव अधिकार आयोगले सोधपुछ गरेको छ ।
आयोगले भदौ २३ र २४ गतेको घटना बारेमा मेयर बालेनसँग सोधपुछ गरेको छ । सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति र अरु घटनाक्रमबारे साेधपुछ गरिएकाे हाे ।
करिब दुई घन्टासम्म भएको सोधपुछमा शाहसँग घटनाका दिन उनी कहाँ थिए, सामाजिक सञ्जालमा आएका अभिव्यक्ति, सिंहदरबार जलाउने प्रसंग, महानगरको सुरक्षा व्यवस्था तथा दमकल ढिलो पुगेको विषयमा प्रश्न गरिएको थियो ।
यसअघि आयोगले तोकेको अनुसन्धान अधिकृतको टोलीले जेनजी आन्दोलनकाे घटनाबारे थुप्रै व्यक्तिशरूसँग साेधपुछ गरिसकेकाे छ ।
