काठमाडाैं । ५०० रूपैयाँको ज्याला विवादमा भक्तपुरमा एक व्यक्तिकाे हत्या भएकाे छ । सोमबार भक्तपुर नगरपालिका ३ वंशगोपाल डेगोमनास्थित एक निर्माणाधीन भवनमा हत्या गरिएको जस्तो अवस्थामा शव फेला परेको हाे ।
उदयपुर घर भएका ३४ वर्षीय पूर्ण ठकुरीकाे उनकै सहकर्मीले काठले हिर्काएर हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।
निर्माणाधीन घरमा ज्यामी काम गर्दै आएका दुबै जनाबीच ज्यालाका लागि विवाद भएकाे थियाे । सहकर्मी धनकुटा सागुरीगढी गाउँपालिका- ३ का २७ वर्षीय सञ्जीव याखालाई प्रहरीले पक्राउ गरीसकेकाे छ । आइतबार पूर्णले आफ्नो ज्यालाको ५०० रुपैयाँसँगै संजिबको पनि पैसा लिएपछि विवाद हुँदा हत्या भएकाे हाे ।
प्रहरीले सञ्जीवलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएकाे छ भने ठकुरीकाे शव पोष्टमर्टमको लागि काठमाडौं मेडिकल कलेजमा पठाएको प्रहरीले जनाएकाे छ।
