रवी र बालेनबीच आज निर्णायक भेट: होला त सहमति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज तेस्रो पटक भेटवार्ता हुने भएको छ।

ललितपुरको कुपोण्डोलमा आज रवी र बालेनबीच भेटवार्ता हुने बताइएको छ । यसअघि दुई पटक छलफल गरे पनि कुनै ठोस निस्कर्ष निस्किएको थिएन तर आज हुने छलफललाई निर्णायक भनिएको छ ।

यसअघिका भेटमा यसपटक सरकारको नेतृत्व बालेनले र अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने भन्ने छलफल भएको खबरहरु बाहिरीएका थिए ।

त्यसमा ठोस सहमति नभए पनि सकारात्मक छलफल भएको रास्वपा निकट नेताहरुले बताएका थिए । आज पनि यीनै विषयमा छलफल हुनेछ ।

केही दिनयता बालेनले पनि राजनीतिक सक्रियता बढाएका छन् । रवीसँग सँगै उनले जेनजी अभियन्ता, कुलमान घिसिङलगायतका व्यक्तिसँग छलफल गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा