वैकल्पिक मोर्चाबन्दीका लागि रवि, बालेन र कुलमानबिच त्रिपक्षीय भेट हुँदै

काठमाडौँ । शुक्रबार पनि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच त्रिपक्षीय भेटवार्ता हुने भएकाे छ ।

वैकल्पिक राजनीतिक शक्तिहरूको मोर्चाबन्दीको तयारी भइरहेको बेला छुट्टाछुट्टै विभिन्न चरणको भेटपछि निर्णायक ढंगले एकैचोटी तीन जना नै भेट्न लागेकाे बताइएकाे छ ।

बालेनले बिहीबार प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारको घरमा बिहान ७ बजेदेखि नै उर्जामन्त्री कुलमान घिसिङ, रवि लामिछाने, सुनील शर्मा, डा. बाबुराम भट्टराई, खगेन्द्र सुनार, अमरेशकुमार सिंह, सागर ढकाल, जेनजी रक्षा बम, सुधन गुरुङ, पुरुषोत्तम यादवलगायतले भेटेवार्ता गरेका थिए ।

रवीसँगकाे भेटमा रास्वपाले रविमुनि बालेनको बरीयता र भावी प्रधानमन्त्रीको रूपमा अगाडि बढाउने प्रस्ताव गरेको बताइएकाे छ ।

सअघि भएका चरणवद्ध वार्ताहरू सकारात्मक रहेकाले अझै थप भेटवार्ता र सहमतिबाट निष्कर्ष निकाल्न अाजकाे भेट विशेष मानिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा