काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई उच्चस्तरीय जाँचबुझ आयोगले लगाएको स्थान हद साेमबार फुकुवा गरेकाे हाे । सोमबार बसेको आयोगको बैठकले ओलीको स्थान हद फुकुवा गरेकाे हाे ।
आयोगले ओलीमाथि गत असोज १२ गते स्थान हद लगाउने निर्णय गरेको थियो । उनलाई विदेश भ्रमण रोक्का र उपत्यका छाड्न राेक लगाइएकाे थियाे ।
तर जेनजी आन्दोलनको सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको सम्बन्धमा सोधपुछ सकिएपछि ओलीको स्थान हद फुकुवा भएकाे हाे ।
आइतबार ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा साढे २ घण्टा बयान दिएका थिए । त्यस्तै उनले आइतबार नै जाँचबुझ आयोगसमक्ष पनि लिखित स्टेटमेन्ट बुझाएका थिए ।
