काठमाडाैं । नेपाली कांग्रेसका दुई पक्षबीच सहमति जुट्न नसक्दा पार्टी विभाजनकाे संकेत देखिएकाे छ।
देउवा निवास महाराजगन्जमा बुधबार बिहान सभापति देउवा र दुई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको वार्ता बिनानिष्कर्ष बनेकाे छ।
विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, महामन्त्रीद्धयले प्रस्ताव गरेको प्रतिवेदनलाई पार्टीको पुँजीको रुपमा स्विकार गर्नुपर्ने, एमालेसँग चुनावी गठबन्धन गर्न नहुने लगायतका एजेण्डामा लगभग सहमति जुटे पनि देउवा कार्यकारी पदबाट बाहिरिन नमान्दा वार्ता निष्कर्ष बिहिन बनेकाे हाे ।
करिब एक घन्टा चलेको छलफलमा कुनै सहमतिमा नपुगेपछि दुवै महामन्त्री देउवा निवास महाराजगन्जबाट निस्केर विशेष महाधिवेशन स्थलतर्फ लागिसकेका छन्।
वार्तामा थप नेताहरुमा प्रकाशशरण महत, बालकृष्ण खाँण र डा. मिनेन्द्र रिजाल सहभागी थिए । सभापति देउवा संरक्षक भएर बस्नुपर्ने दुई महामन्त्रीको प्रस्तावलाई देउवाले अस्विकार गरेका छन् ।





