काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव १. ५२ अङ्कले बढेर दुई हजार ६४१ दशमलव ४३ को बिन्दुमा कायम भएको छ ।
नेप्से परिसूचक बढे पनि यस दिन काराेबार रकम भने घटेकाे छ । आज ३२0 कम्पनीको १ करोड २५ लाख ४ हजार ९७० कित्ता सेयर खरिदबिक्री हुँदा छ अर्ब २० करोड ९४ लाख ३८ हजार ३९ राबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
हिजाे ३४९ कम्पनीको एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर छ अर्ब ९९ करोड चार लाख ८४ हजार रूपैयाँमा किनबेच भएकाे थियाे ।
यस दिन सबैभन्दा बढी राधी विद्युतको २६ करोडको सेयर किनबेच भएको छ। यसबाहेक युनियन हाइड्रोपावर २३ करोड, एसवाई प्यानल २२ करोड, मञ्जुश्री फाइनान्स २१ करोड र दोर्दीखोला जलविद्युतको १९ करोडको किनबेच भएको छ।
बुधबार १२५ कम्पनिकाे सेयरको मूल्य बढेको छ। बाँकी १२४ वटाको घटेको र ११ वटाको स्थिर छ।
आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोको ९.९४ प्रतिशतले बढेको छ। यसबाहेक थ्रिस्टार हाइड्रो ८.२३, एनएमबी माइक्रोफाइनान्स ७.३४, गुडविल फाइनान्स ५.७३ प्रतिशतले बढेको छ।





