काठमाडौं । नेपाली कांग्रेसकाे संस्थापन इतर पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ । पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरूमाथि ५ वर्षकाे कारबाही गरिएको हाे ।
पार्टी विभाजन रोक्न भन्दै मंगलबार नेताहरूबीच भएकाे विभिन्न चरणकाे छलफल निष्कर्ष विहिन बनेपछि महामन्त्रीद्वयसहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही गरिएको छ।
पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले आह्वान गरेका थिए ।





