गगन थापाको राजीनामा र चुनावी समीक्षा: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सानेपामा बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको महत्वपूर्ण केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय पदाधिकारी, सदस्यहरूका साथै सातै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले अपेक्षा गरेभन्दा निकै कमजोर नतिजा ल्याएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न यो बैठक बोलाइएको हो।

बैठकको मुख्य एजेण्डा पार्टी सभापति गगन थापाले दिएको राजीनामा र त्यसपछिको नेतृत्व संकट रहनेछ। चुनावी हारको नैतिक जिम्मेवारी लिँदै थापाले पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीभित्र स्पष्ट दुई धार देखिएको छ। संस्थापन इतर पक्षले थापालाई नै निरन्तरता दिनुपर्ने दबाब दिइरहेको छ भने अर्को पक्षले नयाँ नेतृत्वको बाटो खुला गर्नुपर्ने तर्क गरिरहेको छ।

बैठकमा निर्वाचनको निर्मम समीक्षाका साथै आगामी विशेष महाधिवेशनको सुनिश्चितताबारे पनि ठोस निर्णय हुने अपेक्षा गरिएको छ। कांग्रेसले यसपटक प्रत्यक्षतर्फ जम्मा १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट मात्र प्राप्त गरेको छ, जुन पार्टीको इतिहासमै कमजोर नतिजा मानिएको छ। पराजयका कारणहरू पहिचान गर्न र आगामी दिनमा पार्टीले अपनाउने राजनीतिक रणनीतिका बारेमा नेताहरूबीच गम्भीर बहस हुने बताइएको छ।

यसका साथै, समसामयिक राजनीतिक परिस्थिति र नयाँ सरकार गठनको प्रक्रियामा कांग्रेसको भूमिका कस्तो हुने भन्नेबारे पनि बैठकले आधिकारिक धारणा सार्वजनिक गर्नेछ। झण्डै दुई–तिहाइ बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बन्ने आगामी सरकारलाई समर्थन गर्ने वा सशक्त प्रतिपक्षमा बस्ने भन्ने विषयमा पनि आजै टुङ्गो लाग्न सक्ने नेताहरूले संकेत गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा