नेपाली कांग्रेस संसदीय दल नेता चयन: वैशाख २ गते प्रक्रिया सुरु, ४ गते निर्वाचन हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनको प्रक्रिया वैशाख २ गतेदेखि सुरु हुने भएको छ। दलको नेता चयनका लागि निर्वाचन समिति संयोजक बनेका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले वैशाख २ गते बैठक राखेर प्रक्रिया सुरु गर्ने र ४ गते निर्वाचन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

‘हामीले दलको नेता निर्वाचनका लागि वैशाख २ गते बैठक बसेर प्रक्रिया सुरु गर्छौँ, ४ गते निर्वाचन गर्छाैँ,’ रसाइलीले रातोपाटीसँग भने। वैशाख ३ गते सहमतिको प्रयासका लागि समय दिइने र सकभर सर्वसम्मतिबाट नेता छान्ने, नभए निर्वाचनमार्फत अघि बढ्ने तयारी रहेको उनले स्पष्ट पारे। निर्वाचन समितिमा कांग्रेस केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्य रहेका छन्।

प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनबाट १८ र समानुपातिक प्रणालीबाट २० गरी जम्मा ३८ सांसद रहेको कांग्रेस संसदीय दलको नेतामा हाल ४ जना नेताले इच्छा देखाएका छन्। अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य र भरतबहादुर खड्काले नेतृत्वमा चासो राखेका छन्, जसमा केसी र आङदेम्बेले सार्वजनिक रूपमै दाबी गरेका छन्।

सन् २०२६ को राजनीतिक परिदृश्यमा बालेन शाह नेतृत्वको सरकार र ‘पोस्ट-जेन-जी’ (Post-GenZ) अभियानले ल्याएको राजनीतिक जागरणका बीच परम्परागत दलहरूमा नेतृत्व परिवर्तनको यो प्रक्रियालाई नागरिकले चासो र सतर्कताका साथ नियाल्दैछन्। नयाँ संसदीय नेताले कांग्रेसलाई कुन दिशामा अघि लैजान्छन् भन्ने विषयले आगामी दिनमा राजनीतिक समीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने निश्चित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा