रवि लामिछानेले दिए भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो, मोदी पनि सकारात्मक

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। बुधबार नयाँ दिल्लीमा भएको उच्चस्तरीय भेटवार्ताका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री मोदीलाई नेपाल आउन आग्रह गरेका हुन्।

भ्रमण दलमा सहभागी एक अधिकारीका अनुसार लामिछानेको निम्तोलाई स्वीकार गर्दै प्रधानमन्त्री मोदीले आफू पनि नेपाल भ्रमण गर्न उत्सुक रहेको र चाँडै नै नेपाल आउने बताएका थिए। यदि प्रधानमन्त्री मोदी नेपाल भ्रमणका लागि इच्छुक देखिएमा नेपाल फर्किएपछि प्रधानमन्त्रीको तर्फबाट आधिकारिक निमन्त्रणा पठाउने विषयमा छलफल गरिने रास्वपा स्रोतले जनाएको छ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदीले हालसम्म चार पटक नेपालको भ्रमण गरिसकेका छन्। उनले सन् २०१४ मा दुई पटक (एक औपचारिक भ्रमण र एक सार्क सम्मेलन), सन् २०११८ मा जनकपुर र सन् २०२२ मा लुम्बिनीको भ्रमण गरेका थिए। अहिले नेपालमा विकसित राजनीतिक घटनाक्रम र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएसँगै दुई देशबिचको भ्रमण र कूटनीतिक संवादलाई थप महत्त्वका साथ हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा