युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान, लेबनानमा ड्रोन आक्रमण

बेरुत । इजरायल र हिजबुल्लाहबिच युद्धविराम सम्झौता घोषणा भएको केही घण्टामै दुवै पक्षले एकअर्कामाथि पुनः आक्रमण सुरु गरेका छन्। लेबनानको सरकारी समाचार संस्था नेसनल न्युज एजेन्सी (एनएनए) का अनुसार बिहीबार बिहान इजरायलले दक्षिणी लेबनानका कफर तेब्नित र टायर क्षेत्रमा ड्रोन आक्रमण गरेको छ।

यता इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले पनि दक्षिणी लेबनानको बोफोर्ट किल्ला नजिकै रहेको इजरायली सैन्य कमान्ड पोस्टलाई निशाना बनाएर प्रहार गरेको जनाएको छ। उक्त रणनीतिक क्षेत्र इजरायली सेनाले भर्खरै मात्र आफ्नो कब्जामा लिएको थियो। इजरायली रक्षा बल (आईडीएफ) ले उत्तरी इजरायलको कफर युवाल क्षेत्रमा लेबनानी सीमाबाट एक ‘शत्रुतापूर्ण हवाई साधन’ प्रवेश गरेको पत्ता लागेको पुष्टि गरेको छ।

बुधबार मात्रै भएको युद्धविराम सम्झौताअनुसार हिजबुल्लाहले सम्पूर्ण रकेट तथा सैन्य आक्रमण रोक्नुपर्ने र दक्षिणी लेबनानबाट आफ्ना लडाकु हटाउनुपर्ने सर्त थियो। त्यसको बदलामा इजरायलले पनि सैन्य कारबाही रोक्ने प्रतिबद्धता जनाए पनि सम्झौता मसी सुक्न नपाउँदै दुवै तर्फबाट उल्लंघन भएपछि मध्यपूर्वमा पुनः तनाव बढेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा