प्रतिनिधिसभा बैठक ११ बजे बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिन रोष्टममा उभिँदै अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहीबार बिहान ११ बजे बस्दै छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने आजको बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलले निरन्तरता पाउनेछ।

आजको बैठकको मुख्य कार्यसूची बजेटमाथि सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने रहेको छ। केही दिनयता करका दर हेरफेर र सूचना चुहावटको आरोप खेपिरहेका अर्थमन्त्री वाग्लेले आज सदनमार्फत ती प्रश्नहरूको कडा प्रतिवाद र स्पष्टीकरण दिने तयारी गरेका छन्।

संसद् सचिवालयका अनुसार आजै अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसमेत सदनमा पेस गर्ने कार्यसूची रहेको छ। यसका साथै, बैठकमा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने थप कार्यसूचीसमेत तय गरिएको छ। विगत केही दिनदेखि प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिका कारण अवरुद्ध बन्दै आएको सदन आज नियमित कार्यसूचीमा अघि बढ्ने विश्वास गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा