रास्वपा महाधिवेशन: डा. तोसिमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा सोविता गौतम निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापति पदमा सोविता गौतम निर्वाचित भएकी छन्। चितवनमा जारी पार्टीको राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा आफ्नी प्रतिस्पर्धी डा. तोसिमा कार्कीलाई पराजित गर्दै गौतम उक्त पदमा निर्वाचित भएकी हुन्।

महिला उपसभापति पदका लागि सोविता गौतम र डा. तोसिमा कार्कीबिच कडा प्रतिस्पर्धा भएको थियो। कानुनमन्त्रीसमेत रहेकी गौतमले अन्ततः बाजी मारेकी हुन्। यसअघि पार्टी सभापतिमा रवि लामिछाने सर्वसम्मत निर्वाचित भइसकेका छन् भने अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको पनि मत परिणाम सार्वजनिक हुने क्रम जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा