चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। चितवनको भरतपुरमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनस्थलमा शुक्रबार उनले शपथ लिएका हुन्।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले नवनिर्वाचित सभापति लामिछानेलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। यस महाधिवेशनबाट लामिछाने सर्वसम्मत रूपमा पार्टीको सभापति चुनिएका हुन्।
शपथ ग्रहणपछि समारोहमा उपस्थित सबैलाई अभिवादन गर्दै लामिछानेले महाधिवेशन सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन्। उनले आगामी दिनमा थप जिम्मेवार भएर पार्टीलाई एकताबद्ध र परिपक्व रूपमा अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।





