पूर्वमन्त्री विष्णु पौडेल विशेष अदालतमा उपस्थित, सम्पत्ति शुद्धीकरण विभागद्वारा अनुसन्धान जारी

काठमाडौँ । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का नेता विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ। सोमबार उनलाई अदालतमा पेस गरिएको हो।

आफ्नो पदको दुरुपयोग गरी व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको आरोपमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। यसै कसुरमा अनुसन्धानका लागि उनलाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।

यसअघि पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेशसमेत जारी गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा