विनियोजन विधेयकमाथिको छलफल: राष्ट्रिय सभामा आज ९ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १२ बजे बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीअनुसार आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत विभिन्न नौवटा मन्त्रालयको बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम तय भएको छ।

आजको व्यवस्थापन कार्यअन्तर्गत विशेषगरी युवा, श्रम तथा रोजगार, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ संसद्मा दिइनेछ। बजेट विनियोजनका विषयमा सांसदहरूले उठाएका जिज्ञासा र सरोकारहरूलाई सम्बोधन गर्दै मन्त्रीहरूले प्रस्टीकरण दिनेछन्।

यसैगरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको पनि आजै जवाफ दिइने कार्यक्रम रहेको छ। साथै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा, विज्ञान, प्रविधि तथा नवप्रवर्तन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित बजेटका विषयमा समेत मन्त्रीहरूबाट जवाफ आउने संसद् सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा