काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको मुस्ताङ भ्रमण निजी भएको स्पष्ट पारेको छ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण पूर्णतः निजी भएको जानकारी दिएका हुन्।
‘सम्माननीय प्रधानमन्त्रीज्यूको यो भ्रमण निजी हो। यस विषयमा थप जानकारी आवश्यक परे उहाँको सचिवालयबाट प्राप्त गर्न सकिनेछ,’ प्रवक्ता अर्यालले भने।





