काठमाडौँ । प्रतिनिधिसभाको आज (बुधबार) बस्ने बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्। संसद्मा आफ्नो धारणा राख्नका लागि उनले सभामुखसँग समय माग गरेका हुन्।
रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार सभापति लामिछानेले सदनमा समसामयिक विषयमा सम्बोधन गर्नका लागि सभामुखसँग समय उपलब्ध गराइदिन अनुरोध गरेका छन्। प्रतिनिधिसभाको बैठक आज दिउँसो १:०० बजे बस्ने कार्यसूची रहेको छ।
सम्बोधनका क्रममा सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी, त्यसले पुर्याएको क्षति, राहत तथा उद्धारका काम र जेनजी आन्दोलनलगायतका समसामयिक राष्ट्रिय मुद्दाहरूमा आफ्ना भनाइ राख्ने बुझिएको छ।





