जनता धुरुधुरु रुदै सडकमा भन्छन् : पैसा दिन्छौँ, खान दिन्छौँ भने अनि आन्दोलन गर्न आयौँ

काठमाडौं नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा शुक्रबार बृहत शक्ति प्रदर्शन गर्यो । तराई मधेशदेखि हिमालसम्मका सर्वसाधारण प्रदर्शनमा सहभागी बने । तर कतिपय अनुहार विरोध प्रदर्शनको वास्तविकता र एजेण्डाप्रति अनविज्ञ देखिए । शुक्रवारको विरोधसभामा नेकपा दाहाल–नेपाल पक्षका नेताहरू जनताको जीवनस्तर परिवर्तनका लागि आन्दोलनमा होमिएको र त्यो तागत आफूसँग मात्रै रहेको राग अलापिरहेका थिए । नेताहरुले चर्काे स्वरमा भाषण वर्षाइरहँदा मञ्चकै एक कुनामा चार दिनदेखि खाना नपाएका एक गरिब भोक थाम्न नसकेर आँसु बर्षाइरहेका थिए ।

यी व्यक्ति हुन् तनहुँबाट आएका अर्जुन पौडेल । उनलाई प्रदर्शनसँग कुनै सरोकार छैन । एजेण्डा के हो त्यो पनि थाहा छैन । उनलाई यति थाहा छ, प्रदर्शनमा सहभागी भएपछि खाना पाइन्छ । कसैले पैसा पनि दिन्छन भनेपछि उनी प्रदर्शनमा सहभागी भएका हुन् । दाहाल–नेपाल पक्षले तयार पारेको रातो टोपी र पार्टीको झण्डा अंकित ब्यानर कसैले हातमा थमाइदिएपछि उनी अहिले दाहाल–नेपाल पक्षको कार्यकर्ता बनेको पत्तै पाएनन् ।

जसले जे भनोस् पर्वाह छैन, तर खाली पेट भर्नु उनको आवश्यकता बनेको छ । उनीजस्ता यस्ता धेरै व्यक्ति प्रदर्शनमा सहभागी भएका छन् जसलाई नेताका भाषणले कुनै अर्थ राख्दैन । नेताले गर्नु र नगर्नुले पनि फरक पर्दैन । उनीहरूलाई आन्दोलन किन भइरहेको छ भन्नेसमेत पत्तो छैन । प्रतिनिधिसभा विघटनपछि निरन्तर विरोध प्रदर्शन गरिरहेका नेताहरु तराई–मधेशका जनतालाई आफूतिर आकर्षित गर्न तल्लीन छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पुष्पकमल दाहालसम्मका प्रदर्शनमा मधेशबाट धोती गम्छा लाएर सहभागी हुनेको ठूलै संख्या देखियो । गाउँका नेता, मेयरहरुले काठमाडौं जानैपर्ने ह्वीप चलाएपछि रिजर्व बसमार्फत रातारात काठमाडौंमा आएका उनीहरुलाई पनि प्रदर्शन केका लागि भन्ने स्पष्ट थाहा छैन । पद र सत्ताको संघर्ष चर्किएपछि प्रतिधिसभा विघटन हुन पुग्यो । चिल्ला कार्पेट र सोफा केन्द्रित नेताहरु सडकको चिसो भुइँमा आइपुगे । तर सामान्य नागरिकलाई त्यसको वास्तविकता थाहा छैन । आफ्नै काँधलाई कसैले सत्तामा पुग्ने बाटो बनाउदै छ भन्ने आँकलनसम्म गर्न नपाएका उनीहरु खाली पेट र खाली खुट्टा आन्दोलनमा होमिएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा