नेपालीको शव ल्याउन मलेसिया जाँदै नेपाल एयरलाइन्सको विमान

नेपालीको शव ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति मलेसिया जाने भएको छ । शव ल्याउन नेपाल वायुसेवा निगमको जहाज आज राति ११ बजे मलेसिया जाने भएको हो ।

क्वालालम्पुरबाट शव लिएर वाइडबडी जहाज शनिबार बिहान काठमाडौं फर्किने जनाइएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याउन लागेको जनाएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएर विभिन्न कारणले मृत्मु भएकाहरुको शव ल्याउन लागिएको हो । नेपाल एयरलाइन्सको वाइड बडी ए३३० जहाज शव लिनका लागि मलेसिया आज राति उड्न लागेको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन्।

उनले भनिन, ‘निगम राष्ट्रिय ध्वजाबाहक भएको नाताले मुनाफा वा फाइदा मात्रै हेर्न मिल्दैन, हामी नागरिकको सेवा सुविधा एवं सामाजिक उत्तरदायित्व बहन गर्न पनि उत्तिकै जिम्मेवार र प्रतिबद्ध हुनुपर्छ र छौँ।’

निगमले दुई वर्षअघि अफगानिस्तानबाट पनि नेपालीको शव ल्याएको थियो। निगमले कोभिड–१९ महामारीको सङ्क्रमणमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध गरिएको अवस्थामा पनि उद्धार उडान तथा कोभिडका औषधिजन्य सामग्री ल्याउन महत्वपूर्ण भूमिका खेलेको थियो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा