झापा–५ मा राजनीतिक भूकम्प: केपी ओली पराजित, बालेन शाहको ऐतिहासिक जित

दमक (झापा) । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो संसदीय इतिहासकै सबैभन्दा ठूलो मतान्तरले पराजित हुनुभएको छ। झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ओलीलाई भारी मतान्तरले पराजित गर्दै इतिहास रच्नुभएको हो।

अन्तिम मतपरिणाम अनुसार बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने केपी ओली १८ हजार ७३४ मतमा खुम्चिनुभएको छ। यी दुई बीचको मतान्तर ४९ हजार ६१४ रहेको छ, जुन यो क्षेत्रको इतिहासमै सबैभन्दा फराकिलो अन्तर हो। झापा–५ मा कुल १ लाख ६ हजार ३७२ मत खसेको थियो।

यो ओलीको संसदीय जीवनको दोस्रो हार हो। यसअघि २०६४ सालको संविधानसभा निर्वाचनमा झापा–७ मा माओवादीका विश्वदीप लिङ्देनसँग उहाँ पराजित हुनुभएको थियो। २०४८ सालदेखि आठौँ पटक निर्वाचनमा होमिनुभएका ओलीले ६ पटक जित हासिल गरिसक्नुभएको छ। देशभर रास्वपाको लहर आउँदा एमालेका अन्य शीर्ष नेताहरूले पनि पराजय व्यहोर्नुपरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा