रुकुम, नभराज बिकको बिसएमा संसदमा होहल्ला हुन थालेपछि:रुकुम घटनामा वडाध्यक्षको गल्ती छैन

अन्तरजार्तिय विवाह गर्न १९ जना साथी लिएर जाजरकोट पुगेका रुकुममा नवराज सहित उनका अन्य २ को निधन भइसकेको छ भने अन्य ३ साथी अझै बे’पत्ता छन् । सो  घटनामा प्रहरीले वडाध्यक्ष सहित १२ जनालाई नियन्त्र’णमा लिएर अनुसन्धान थालेको छ ।रुकुमवाट प्रेमीका भगाउन गएका नवराज सहिता साथीलाई केटी पक्षका आफन्तहरुले ल’खेटेका थिए । केटी पक्षकाहरुले गरेको आ’क्रम’णमा परि निधन भएका ३ जनाको श’व फेला परेको छ , घटनामा अझै ३ वेप’त्ता छन् ।

सोही घटनामा आफ्नो भनाई राख्न भन्दै रुकुमका सांसद समेत रहेका नेता जनार्दन शर्मा संसदमा उठेपछि होहल्ला भएको छ । उनले सो घटनामा वडाध्यक्षको गल्ती नभएको भनाई राख्न खोजेका थिए । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद शर्माले रुकुम घटनाका विषयमा संसदमा बोल्न थालेपछि कांग्रेस सांसदहरुले होहल्ला गरेका हुन् ।

कांग्रेस सांसदले होहल्ला गर्न थालेपछि उनी संसदमै झोक्किएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा भएको घटनाका विषयमा आफुले बोल्न पाउने भन्दै झोक्किएका थिए । सांसद शर्माले सो घटनालाई राजनीतिकरण नगर्न भनेका थिए ।

घटनाको संसदीय समितिबाट छानवीन गर्न माग भइरहँदा शर्माले वडाध्यक्ष दोशी नभएको भनाई राखेपछि कांग्रेस सांसदले होहल्ला गरेका थिए । उनले झोक्किदै आफ्नो निर्वाचन क्षेत्रमा भएको घटनाका बारेमा आफु वोलन पाउनुपर्ने भन्दै सभामुख संग समय मागेका थिए ।

कांग्रेस सांसदहरुले घटनाका विषयमा गृहमन्त्रीको जवाफ माग गरेका थिए । गृहमन्त्री रामवहादुर थापाले पनि संसदमा घटनावारे जवाफ दिइसकेका छन् । आफू सभामुखसँग समय मागेर बोल्ने बेला होहल्ला भएपछि सांसद शर्मा रिसाएका थिए । संसदमा होहल्ला हुन थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले कांग्रेस सांसदहरुलाई बोल्न समय दिने भन्दै चुप बस्न आग्रह गरेका थिए।

‘मैले कुरा राख्न पाउँदिनरु म त्यहाँको जनप्रतिनिधि हुँ, म त्यस क्षेत्रका दलित, सबैको जनप्रतिनिधि हुँ, मैले बोल्न नपाउने ?’ झोक्किँदै शर्माले भने, ‘मेरो क्षेत्रमा भएको घटनामा मैले बोल्न नपाउने ? घटनाको छानबिन गर्नुपर्छ। यो घटनालाई राजनीतिकरण नगरियोस्, दोषीमाथि कारबाही गरियोस्।’ र्माले दलितमाथि भएको घटनाको सत्यतथ्य पत्ता लगाउन आफूले पनि सहयोग गर्ने सांसद शर्माले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा