चीन सरकारले भारतमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता लाने भएको छ ।

एजेन्सी,भारतमा तीव्र रुपमा फैलिरहेकाे कोरोना भाइरसबाट सुरक्षित राख्न चीनले आफ्ना नागरिकहरु फिर्ता लाने भएको हो ।भारतमा कतिका संख्यामा चिनियाँ रहेका छन् भन्ने यकिन तथ्याङ्क त रहेको छैन । यद्यपि उसले स्वदेश फर्किने नागरिकहरुरलाई आगामी मे २७ सम्ममा सम्पर्क गर्न अनुरोध भने गरेको छ । त्यसपछि चीन सरकारले हवाइ उडान मार्फत स्वदेश लाने जारी बिज्ञप्तिमा जनाइएको छ ।

भारतको नयाँदिल्ली स्थित चिनियाँ दुतावासले सोमबार एक बिज्ञप्ति जारी गर्दै भारतमा विभिन्न कारणले अड्किएर बसेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लाने बताएको छ । उक्त सुचना वेबसाइटमा समेत राखिएको छ ।

योगा अभ्यास सिक्न र बौद्ध तीर्थ यात्रामा भारत पुगेका नागरिकहरूलाई समेत समावेश गरेर स्वदेश पठाइने बताइएको छ । यसअघि चीनमा कोरोनाको महामारी फैलिएका बेला भारतले आफ्ना ७ सय नागरिकलाई विशेष उडानमार्फत उद्धार गरेको थियो ।

जारी बिज्ञप्तिमा स्वदेश फर्किएका नागरिकले १४ दिन क्वारेन्टाइ बस्नुपर्ने र हवाइ टिकटसमेत आँफै वेहोर्नुपर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा