कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका डोटीका प्रहरीको पछिल्लो समय सडकमै बास हुन थालेको छ ।

डोटी,भारतबाट दैनिक सयौँ नागरिक जिल्ला प्रवेश गर्न थालेपछि कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका डोटीका प्रहरीको पछिल्लो समय सडकमै बास हुन थालेको छ ।उनीहरुको सुरक्षा तथा सम्बन्धित पालिकामा पठाउनका लागि खटिएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीसहित अन्य ड्युटीमा खटिने प्रहरी खुला सडकमै रात बिताउने गरेका छन् ।

अहिले भईरहेको लकदाउनको समएमा प्रहरीको दैनिक सडकको भुइँमै बास हुन थालेको दिपायल पिपल्लाका स्थानीय बमबहादुर बोहराले जानकारी दिनुभयो ।

भारतबाट नेपाल आएका नागरिक राति बसमा आउने भएकाले उनीहरुको सुरक्षाका लागि खटिएका प्रहरी राति भुइँमा सुतेका हुन्छन्, भुइँमा ओछ्याउने कपडा पनि नहुँदा खाली जमिनमा सुत्दै आएका देखिन्छन् ।”उहाँले भन्नुभयो

नागरिकको व्यवस्थापन गर्न समयमा भारतबाट आएका नागरिकको व्यवस्थापनका लागि ड्युटीमा खटिएका यहाँका प्रहरी कर्मचारीले आफ्नो व्यारेकमा गएर खानासमेत पाएका छैनन् ।उहाँले भन्नुभयो, व्यारेकमा खाना खान जाने फुर्सदसमेत नहुने गरेको इलाका प्रहरी कार्यालयका प्रमुख रमेश शाहीले बताउनुभयो ।ब्यारेक गएर खाना खान मात्रै होइन, रातभरि सडकमै सुतेर बिहान मुखसमेत धुन नपाएको घेरै दिन भइसक्यो, नागरिकको सुरक्षा गर्दागर्दै रात दिन बितेको पत्तो हुँदैन ।”

भारतबाट आएकाहरुबाट कोरोनाको जोखिम बढेको भन्दै यहाँका स्थानीवासीले गाडीसमेत रोक्ने तथा आफ्नो छिमेकमा रहेका क्वारेन्टिनमा लैजान अवरोध गर्ने गरेका कारण प्रहरीलाई झन् समस्या हुँदै आएको प्रमुख शाहीले गुनासो गर्नुभयो ।

कर्मचारी नभएका कारण नागरिकको सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई समस्या हुँदै आएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कर्ण बोहराले बताउनुभयो । “जिल्लामा प्रहरी सङ्ख्या दरबन्दीअनुसार छैन, एक प्रहरीले कम्तीमा पनि १२ घण्टा ड्युटी गर्नुपर्ने अवस्था छ ।”उहाँले भन्नुभय।

उहाँको भनाइ छ कि ‘जिल्लामा भएका दरबन्दी अनुसारका प्रहरी कर्मचारी कोही काजमा त कोही भिआइपीको सुरक्षामा पहिलेदेखि खटिएका र फिर्ता नभएका कारण समस्या हुँदै आएको’। जिल्ला प्रहरी कार्यालयमा कूल ४२६ प्रहरी कर्मचारीको दरबन्दी भए पनि हाल २२६ मात्रै कार्यरत रहेको बताइएको छ ।

कार्यरत रहेका मध्येबाट पनि अहिले केही प्रहरीलाई क्वारेन्टिनमा खटाइएका कारण समस्या भएको हो । सम्बन्धित निकायमा पटक–पटक कार्यरत रहेका मध्येबाट पनि अहिले केही प्रहरीलाई क्वारेन्टिनमा खटाइएका कारण समस्या भएको छ।दरबन्दी भएका प्रहरी कर्मचारीलाई तत्काल र्फिता गर्न सम्बन्धित निकायमा पटक–पटक ताकेता गर्दा पनि अहिलेसम्म फिर्ता नगरिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,’सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएपी) मुकेशकुमार सिंहले डोटीमा प्रहरी अभावमा सडकमै बास भइरहेको अवस्था खासै भएको छैन’। सडकमै सधैँ प्रहरीको बास भएको भन्नचाहिँ मिल्दैन, कहीँकतै केही परिस्थितिले बास बसेका वा सुतेका हुनसक्छन्, देशभरिमै प्रहरी सङ्ख्या कमी छ, त्यहीअनुरुप जिल्लामा पनि कमी भएको साँच्चै हो, डोटीमा समस्या समाधानका लागि प्रदेश प्रहरीले थप १४ प्रहरी पठाएको छ अन्य ठाउँमा पनि प्रहरीको व्यवस्था मिलाउँदै छ ।

भारतबाट आएका नागरिकलाई दिपायल सिलगढी नगरपालिका–२ मा रहेको दिल्पेश्वर मावि, वडा नं १ को मगलेक मावि तिखा, केआइसिंह गाउँपालिको झिमेमालिका मावि वायल, सरस्वती मावि रानागाउँ, शिखर नगरपालिका–१० बानीडुग्रीसैन, बोगटान फुड्सिल गाउँपालिकाको खत्याडी, चवराचौतारा, पूर्वीचौकी गाउँपालिकाको साजघाट, जोरायल गाउँपालिकाको घण्टेश्वर मावि, बडीकेदारको बिपीनगरलगायतका ठाउँमा निर्माण गरिएका क्वारेन्टिनमा राखिएको छ ।भने जिल्लामा कम्तीमा पनि दई हजार ८७९ को सङ्ख्यामा नागरिक आएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा